IME Life New

अभियान लघुवित्तले सम्पन्न गर्यो सरसफाई कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तरी जिल्ला, छिन्नमस्ता गाँउपालिका, सखडा स्थित प्राचिन इतिहास बोकेको शक्तिपीठ छिन्नमस्ता भगवती (सखडा) मन्दिर र कंकालिनी नगरपालिका भारदह स्थित कंकालिनी मन्दिर परिसरमा मंगलबार अभियान लघुवित्त वित्तीय संस्थाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेका कार्यालयहरु हनुमाननगर, बरमझिया, रुपनी, बोधेबर्साइन शाखाका कर्मचारीहरुले सामुहिक रुपमा सरसफाई कार्यक्रम गरेका हुन ।

उक्त मन्दिरहरुमा हिन्दुहरुको महान चाड दशैको फुलपाती देखि बिषेश घुइँचो लाग्ने भएकोले भक्तजनहरुको सहजताको सरसफाई कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको ।

Esewa
Crest

अभियान लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यसले विभिन्न समयमा यस किसिमको सामाजिक कामहरु गर्दै आईरहेको छ साथै संस्थाले हाल विभिन्न जिल्लामा ६० वटा शाखा कार्यालयहरु मार्फत करीव ३२ हजार जना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS