IME Life New

‘दसैँमा नोटको जतन गरौँ, दक्षिणा दिँदा डिजिटल माध्यमको प्रयोग गरौँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँमा दक्षिण दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सुझाव दिएको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै यस्तो सुझाव दिएको हो। यसका साथै दसैँका बेला बैंक नोटको जतन गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

Esewa
Crest

सफा र सुकिला नोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ। सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थ्यमा हुने जोखिमसमेत न्यूनीकरण गर्न सकिने राष्ट्र बैंकको भनाइ छ। ‘नोटहरु जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुन्छ’, राष्ट्र बैंकले भनेको छ, ‘नोट हाम्रो सभ्यताको पहिचान पनि भएकोले यसलाई जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो।’

दसैँमा देवीको प्रसादका रुपमा टीका, जमरासँगै दक्षिणाका लागि नोट प्रयोग गर्दा त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होसियारीपूर्वक प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। ‘दसैँ हर्षोल्लासका साथ मनाउँदै गर्दा नोटको जतनका साथ प्रयोग गर्न नभुलौँ र दक्षिण दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गरौँ’, राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS