IME Life New

ठूला चाडपर्वलाई लक्षित गरेर डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाइयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठूला चाडपर्वका बेलामा कारोबार पनि धेरै हुने भएकोले नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ।

केन्द्रीय बैंकले एउटा परिपत्र जारी गर्दै दसैँ, तिहार र छठका अवसरमा प्राकृतिक व्यक्तिको डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो। यी ठूला चाडपर्वका अवसरमा अब प्राकृतिक व्यक्तिले एक दिनमा बढीमा ३० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्नेछन्। हाल एक दिनमा १० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाउने प्रावधान रहेको छ।

Esewa
Crest

परिपत्रमा उल्लेख भएअनुसार दसैँमा असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म, दीपावली (तिहार) तथा छठका अवसरमा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्म यो सुविधा प्रदान गरिएको उल्लेख छ।

राष्ट्र बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरुलाई सोहीअनुसार गर्न गराउन परिपत्रमा निर्देशन दिइएको छ। तोकिएको समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन समेत परिपत्रमा निर्देशनमा दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS