IME Life New

बाढीपहिरोबाट भएको क्षतिको सबैभन्दा बढी बीमा दाबी बागमतीमा, अन्य प्रदेशमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोज १० गतेपछिको लगातारको २–३ दिनको वर्षाबाट सिर्जित बाढीपहिरोबाट भएको क्षतिको सबैभन्दा बढी बीमा दाबी बागमती प्रदेशमा परेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाबमोजिम निर्जीवन बीमकहरुको कुल दाबी संख्या २ हजार ३३७ रहेको छ। यी दाबी कुल रकम ७ अर्ब २८ करोड ८५ लाख १९ हजार १०२.८३ रुपैयाँ रहेको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार प्रारम्भिक निरीक्षणका क्रममा सबैभन्दा धेरै दाबी संख्या बागमती प्रदेशमा देखिएको छ। यसको दाबी रकम ६ अर्ब ९३ करोड ८१ लाख २० हजार २७६ रुपैयाँ देखिएको छ।

असोज १६ गतेसम्म बागमती प्रदेशमा ५५३ दाबी परेको छ। जसका दाबी रकम २ अर्ब ५८ करोड ५८ लाख ५ हजार २४८ रुपैयाँ रहेको छ।

दोस्रो धेरै दाबी संख्या १५९ कोशी प्रदेशमा रहेको छ। जसका दाबी रकम १६ करोड ९९ लाख १ हजार २४ रुपैयाँ रहेको छ। कोशी प्रदेशमा ११३ वटा दाबी परेका छन्। जसको दाबी रकम १ करोड ७१ लाख ६३ हजार २५२ रुपैयाँ रहेको छ।

यसैगरी मधेश प्रदेशमा बीमा दाबीको संख्या ५६ देखिएको छ। जसका दाबी रकम ७ करोड ५९ लाख ७ हजार ८०२.८३ रुपैयाँ रहेको छ। अहिलेसम्म मधेश प्रदेशमा २४ वटा दाबी परेको छ। जसका दाबी रकम ४ करोड १८ लाख ७६ हजार रुपैयाँ रहेको छ।

प्रारम्भिक निरीक्षणका क्रममा लुम्बिनी प्रदेशमा २८, गण्डकीमा १४ र कर्णाली १ दाबी संख्या रहेको छ। जसअनुसार लुम्बिनीमा दाबी रकम ५ करोड ७५ लाख ५० हजार रुपैयाँ, गण्डकीमा ४ करोड ६९ लाख ४० हजार रुपैयाँ र कर्णालीमा १ लाख रुपैयाँ रहेको छ।

हालसम्म लुम्बिनीमा भने १३ वटा, गण्डकीमा ५ वटा र कर्णालीमा १ दाबी परेको छ। जसको दाबी रकम क्रमशः २ करोड २८ लाख ५० हजार रुपैयाँ, ९५ लाख रुपैयाँ र १ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS