IME Life New

निर्जीवन बीमकमा बाढीपहिरोबाट भएको क्षतिको रु. ७.२८ अर्बको बीमा दाबी, कुनमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म ७ अर्ब २८ करोड रुपैयाँ बढीको दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाबमोजिम २ हजार ३३७ वटा दाबी परेका छन्। ती दाबीको ७ अर्ब २८ करोड ८५ लाख १९ हजार १०२.८३ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

Esewa
Crest

हालसम्म ती बीमा कम्पनीमा ७०९ घटनामा २ अर्ब ६७ करोड ७२ लाख ९४ हजार ५०० रुपैयाँ दाबी रकम परेका छन्। यो प्राधिकरणमा गत असोज १६ गतेसम्म प्राप्त दाबीको विवरण हो।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी रकम पर्नेमा ओरिएन्टल इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले हालसम्म परेको १४७ वटा दाबी परेको छ। जसबापतको १ अर्ब ४४ करोड १० लाख ६५ हजार २५२ रुपैयाँ दाबी रकम रहेको छ।

यसैगरी दोस्रो दाबी पर्ने कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २२३ दाबीको ८९ करोड ८४ लाख २७ हजार ६७९ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ।

एनएलजी इन्स्योरेन्स पनि ६० वटै दाबीको १२ करोड ६ लाख २० हजार ५६९ रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १२ वटा दाबीको ९ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ।

त्यस्तै बाढीपहिरोबाट भएको क्षतिपछि परेको १७० वटा दाबीको युनाइटेड अजोड इन्स्योरेन्सले ७ करोड ४४ लाख ४० हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८३ वटा दाबीको ४ करोड १७ लाख १६ हजार रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले ७ वटा दाबीको ३३ लाख ७५ हजार रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३ वटा दाबीको १ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाबमोजिम सबैभन्दा बढी दाबी पर्न सक्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३१९ दाबीको १ अर्ब ८१ करोड ४ लाख १२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन सक्छ।

उता हिमालयन एभरेष्ट इन्स्योरेन्समा २१६ वटा दाबीको १ अर्ब १७ करोड ४१ लाख ५५ हजार ३४४ रुपैयाँ, शिखर इन्स्योरेन्समा ३२२ वटा दाबीको ४६ करोड ५८ लाख ५१ हजार ३१.८३ रुपैयाँ, नेसनल इन्स्योरेन्समा २५ वटा दाबीको २३ करोड ६६ लाख १३ हजार ४५५ रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २४८ वटा दाबीको २० करोड ६४ लाख ४० हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा १२८ वटा दाबीको १५ करोड २४ लाख ९६ लाख ७७२ रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २९१ वटा दाबीको ६३ करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ८८ वटा दाबीको २ करोड ८६ लाख ९५ हजार रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको ३ वटा दाबीको ४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन सक्ने प्रारम्भिक निरीक्षणबाट देखिएको प्राधिकरणले जनाएको छ।

गत असोज १० गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको थियो। प्राधिकरणले केही समयपहिले मात्रै परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यथाशक्य चाँडो क्षतिको दाबी भुक्तानी दिन निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS