IME Life New

मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

विराटनगर । विराटनगर महानगरपालिका–७ का हरियाली टोलका आनन्दी कामतले लामो समय अरुको सिटी सफारी भाडामा चलाए।

दैनिक ६०० रुपैयाँ भाडामा सिटी कुदाउने कामतले बुधबार नयाँ रिक्सा पाएका छन्। जीवन विकास लघुवित्त वित्तीय संस्थाले नयाँ सिटी सफारी उपलब्ध गराएको हो। ‘१५ वर्षजति अरुको चलाए, आज आफ्नै भयो’, सिटी सफारी पाएपछि कामतले भने, ‘२ वर्ष किस्ता तिरेपछि त आफ्नै भइहाल्छ।’

Esewa
Crest

विराटनगरका गोपाल बर्देवाले ५ वर्ष सिटी सफारी भाडामा कुदाए। जीवन विकास लघुवित्तको आर्थिक सहयोगमा नयाँ सफारी पाएपछि उनको आफ्नै सफारी कुदाउने धोको पूरा भएको छ। जीवन विकासले सहज किस्तामा सिटी रिक्सा उपलब्ध गराएपछि सजिलो भएको उनले बताए।

विराटनगर–१२ का बाबु मण्डल मजदुरी गर्थे। आफ्नै काम गर्ने उनको चाहना आज पूरा भएको छ। आनन्दी, गोपाल र बाबुसहित जीवन विकासले बुधबार ९ जनालाई यात्रु बोक्ने र एकजनालाई मालसामान बोक्ने सफारी उपलब्ध गराएको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले सफारी हस्तान्तरण गर्दै सफारी प्राप्त गर्ने परिवारको आर्थिक अवस्था विस्तारै सुधार हुने बताए। ‘तपाइँहरुको आर्थिक अवस्था सुधार हुन्छ, आम्दानी बढ्यो भने बालबालिकाको पढाइ र घरको अवस्था सबै सुधार हुन्छ’, उनले भने, ‘हिजोसम्म अरुको चलाउनुहुन्थ्यो, आजबाट आफ्नो काम गर्नुहुन्छ, आफ्नो सफारीको मालिक आजदेखि बन्नुभयो।’

जीवन विकासले गरिबी, बेरोजगारी र वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले सिटी सफारी प्रयोगले यी तीनवटै समस्याको समाधानमा सहयोग पुग्ने बताए।

बजार क्षेत्रमा सिटी सफारी भाडामा कुदाउँदा चालकले दैनिक ६–७ सय रुपैयाँ तिर्ने गरेका छन्। जीवन विकासबाट लिएको सफारीको दुई वर्षसम्म दैनिक ४५३ रुपैयाँ किस्ता तिरे सफारी चालककै हुने जीवन विकासको उद्यमशीलता विकास विभाग प्रमुख मनोज शर्माले बताए।

उनका अनुसार सदस्यले दैनिक ७०० रुपैयाँ जम्मा गर्नेछन्। सो रकमबाट ४५३ रुपैयाँ किस्तामा जम्मा हुनेछ। बाँकी रकम उहाँहरुकै बचतमा जम्मा हुनेछ। सिटी सफारी हस्तान्तरणका लागि गणपति पीजी सप्लायर्सले सहजीकरण गरेको थियो।

२४ जिल्लामा १६० वटा शाखा कार्यालयमार्फत विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले उद्यमशीलता विकास अभियानअन्तर्गत २ हजार ५०० बढी परिवारलाई सिटी सफारी उपलब्ध गराइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS