IME Life New

अमेरिकामा ५० वर्षयताकै ठूलो हड्ताल, प्रतिदिन ५ अर्ब डलरको नोक्सानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा ५० हजारभन्दा बढी बन्दरगाह कामदार हड्तालमा छन्। अमेरिकामा सन् १९७७ पछि यति ठूलो संख्यामा मजदुर हड्तालमा उत्रिएको यो पहिलोपटक हो। यी बन्दरगाहले अमेरिकाको कुल आयातको करिब ४० प्रतिशत ह्यान्डल गर्छन् र यो हड्तालले अमेरिकालाई प्रतिदिन ५ अर्ब डलरसम्मको नोक्सानी पुर्याउनसक्छ।

हालको सम्झौताअन्तर्गत मजुदर युनियनका सदस्यले २० डलरदेखि ३७ डलरसम्म प्रतिघन्टाको ज्याला पाउँछन्। आगामी ६ वर्षका लागि ३२ प्रतिशतले वृद्धि गर्न चाहन्छन्। तर, ठेक्का सम्झौता असफल भएपछि बन्दरगाहका मजदुर हड्तालमा छन्। जुनमा बन्दरगाह मजदुरको संगठन आईएलएले युनाइटेड स्टेट्स म्यारिटाइम एलायन्ससँगको वार्ता स्थगित गरेको थियो। सेप्टेम्बर ३० मा बिना सम्झौता डिल सकिएको छ।

Esewa
Crest

यदि यो हड्ताल १ महिनासम्म जारी रह्यो भने यसले अमेरिकालाई १३० अर्ब डलर नोक्सानी पुर्याउन सक्छ।

हाल अमेरिकामा आयातको लगभग ३८ प्रतिशत पूर्वी र खाडी तटीय बन्दरगाहबाट आउँछ। जेपी मोर्गनका अनुसार यो हड्तालले अमेरिकी अर्थतन्त्रलाई हरेक दिन ३.८ अर्ब डलरदेखि ४.५ अर्ब डलरको नोक्सानी पुर्याउन सक्छ।

ती बन्दरगाह विशेषगरी कृषि उत्पादनको आयातका लागि महत्वपूर्ण छन्। गत वर्ष २६.७ लाख मेट्रिकटन सोयाबिन आयात भएको थियो। त्यसैगरी यी बन्दरगाहबाट १९.५ लाख टन पोल्ट्री आएको छ।

यदि यो हडताल लामो समयसम्म जारी रह्यो भने यसले फेरि एकपटक खाद्यन्न भाउ बढाउन सक्छ। यी बन्दरगाहबाट सामान आयात गर्ने कम्पनीमा वालमार्ट, आइकिया, होम डिपो, डलर जनरल र अमेजन समावेश छन्। साथै, निर्यात बजार पनि धेरै हदसम्म यी बन्दरगाहमा निर्भर छ।

यी बन्दरगाहबाट १९.१ लाख टन सामान चीन निर्यात हुने गरेको छ। इन्डोनेसियामा १३ लाख टन, भियतनाममा १०.८ लाख टन, पोर्टो रिकोमा ९.८ लाख टन, ताइवानमा ८.३ लाख टन, टर्कीमा ४.७ लाख टन र पाकिस्तानमा ३.१ लाख टन सामान निकासी हुने गरेको छ। यो अमेरिकाबाट पाकिस्तानमा जलमार्गबाट हुने निर्यातको ८१ प्रतिशत हो।

यी बन्दरगाहबाट प्रत्येक वर्ष ३८ लाख मेट्रिकटन केरा आयात हुने गरेको छ। जुन कुल आयातको ७५ प्रतिशत हो।

त्यस्तै ९० प्रतिशत चेरी, ८५ प्रतिशत डिब्बाबन्द खाना, ८२ प्रतिशत खुर्सानी र ८० प्रतिशत चकलेट यी बन्दरगाहबाट आउँछन्। यसको मतलब यो हड्तालले सर्वसाधारणको भान्छामा पनि असर पार्न सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS