IME Life New

ह्वाट्सएपले ल्यायो गज्जबको फिचर, रमाइलो हुनेछ च्याटिङ एक्सपिरियन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएप एउटा इन्स्ट्यान्ट मेसेजिङ एप हो। यसमा केही नयाँ फिचर लन्च गरिएको छ। यी नयाँ फिचर भिडियो कलहरुका लागि आएका छन्। यसले भिडियो कलहरुलाई थप रमाइलो बनाउनेछ।

पछिल्लो अपडेटपछि प्रयोगकर्ताले ह्वाट्एसपमा नयाँ फिल्टर र भिडियो कलका क्रममा ब्याकग्राउन्ड परिवर्तन गर्ने अप्सन पाउनेछन्। फरक कुराकानी वा भिडियो च्याट गर्दा प्रयोगकर्ताहरुले विभिन्न फिल्टर र ब्याकग्राउन्ड प्रयोग गर्न सक्छन्।

Esewa
Crest

ह्वाट्सएपमा नयाँ फिचर फिल्टरहरु समावेश गरिएको छ। यसको मद्दतले प्रयोगकर्ताले आफ्नो भिडियोहरुमा कलात्मक प्रभावहरु समावेश गर्न सक्नेछन्। जसमा प्रयोगकर्ताले रङको स्प्ल्यास वा एक युनिक शैली देख्न पाउनेछन्। यसले भिडियो कललाई राम्रो भिजुअल रुप दिनेछ।

ह्वाट्सएपमा प्रयोगकर्ताले १० वटा नयाँ फिल्टर हेर्न पाउनेछन्। यसमा वार्म, कुल, ब्ल्याक एन्ड ह्वाइट, ड्रीमी आदि विभिन्न अप्सन दिइएको छ। प्रत्येक फिल्टरले फरक अनुभव दिन्छ। प्रयोगकर्ताले उनीहरुको कुराकानीको मुडअनुसार फिल्टरहरु चयन गर्न सक्छन्।

ह्वाट्सएप भिडियो कलको समयमा ब्याकग्राउन्ड सजिलै परिवर्तन गर्न सकिन्छ। यसको मद्दतले प्रयोगकर्ता सजिलैसँग आफ्नो ब्याकग्राउन्डमा के देखाउन चाहन्छन् छनौट गर्न सक्नेछन्। यसको मद्दतले प्रयोगकर्ताले आफ्नो ब्याकग्राउन्डमा क्याफे वा समुद्र तट आदि देखाउन सक्छन्। यसबाहेक यसमा ब्लर इफेक्ट पनि देखिनेछ । फिल्टरहरु जस्तै– १० पृष्ठभूमि अप्सनहरु यसमा पनि उपलब्ध हुनेछन्।

ह्वाट्सएपका यी नवीनतम फिचर प्रयोग गर्न, प्रयोगकर्ताहरुले भिडियो कलका क्रममा एउटा साधारण काम मात्र गर्नुपर्नेछ। यसका लागि प्रयोगकर्ताले इफेक्ट आइकनमा क्लिक गर्नुपर्नेछ। जुन माथि दायाँपट्टि फेला पर्नेछ। यसपछि प्रयोगकर्ताले उपलब्ध अप्सनमा जानुपर्नेछ। अहिले यो फिचर रोलआउट आधारमा तयार गरिएको छ र चाँडै यो फिचर सबै प्रयोगकर्तामा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS