IME Life New

मोटर बीमामा स्वेच्छिक र अनिवार्य अधिक के हो ? के यो बीमितको हितमा हुन्छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जारी गरेको मोटर बीमालेख निर्देशिका २०७३ मा मोटर बीमालेखमा स्वेच्छिक अधिक वा अनिवार्य अधिकसम्बन्धी प्रावधान छ। यो प्रावधानका आधारमा बीमितले मोटर बीमा गर्दा आफैँले अनिवार्य व्यहोर्नुपर्ने र स्वेच्छाले व्यहोर्न सहमत हुने रकमको सीमा निर्धारण गरिएको हुन्छ।

मोटर बीमाअन्तर्गत सवारीसाधनमा कुनै क्षति भएको अवस्थामा बीमित स्वयंले क्षतिबापतको कति रकम व्यहोर्ने भन्ने निर्णय बीमालेखमा उल्लेखित स्वेच्छिक वा अनिवार्य अधिकको आधारमा गरिन्छ।

Crest

अनिवार्य अधिकअन्तर्गत अनिवार्य भन्ने शब्दले नै बीमितले सवारीसाधनको क्षतिमा स्वयंले नै अनिवार्य रुपमा नै व्यहोर्नुपर्ने क्षतिको सीमालाई जनाउँछ। नेपाल बीमा प्राधिकरणले मोटर बीमा निर्देशिका २०७३ मा मोटर बीमालेख खरिद गर्दा बीमितले अनिवार्य व्यहोर्नुपर्ने न्यूनतम क्षति रकमको सीमा तोकिदिएको छ।

मोटरगाडीमा कुनै क्षति भएको अवस्थामा बीमा धारक वा बीमित स्वयंले व्यहोर्ने स्वेच्छिक क्षतिपूर्ति रकमको सीमा हो। उदाहरणका लागि कुनै बीमितले मोटर बीमा गर्दा स्वेच्छिक अधिक ५ हजार रुपैयाँ रोजेको छ भने सवारीसाधनमा कुनै कारणले क्षति भएको अवस्थामा ५ हजार वा नोक्सानीको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, त्यो रकम बीमित स्वयमले व्यहोर्नुपर्छ। त्यसपछिको बाँकी रकम बीमकले क्षतिपूर्ति दिन्छ।

मोटर बीमा निर्देशिका २०७३ मा समावेश गरिएको स्वेच्छिक र अनिवार्य अधिकसम्बन्धी प्रावधान ।

अनिवार्य अधिकको सीमाभन्दा बढी स्वेच्छिक रुपमा समेत थप क्षतिबापतको रकम आफैँले व्यहोर्ने विकल्पसमेत बीमितले रोज्न पाउँछन्। जति धेरै स्वेच्छिक अधिक हुन्छ, बीमाशुल्क उतिक्कै सस्तो हुन जान्छ।
चारपांग्रे सवारीसाधनको बीमामा अनिवार्य अधिकको सीमा निजी सवारीसाधनको आयुका आधारमा १ हजारदेखि ३ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ। यसैगरी सार्वजनिक चारपांग्रे सवारीको हकमा २ देखि ४ हजार रुपैयाँसम्म अनिवार्य अधिकको सीमा तय गरिएको छ।

मोटरसाइकलको बीमामा स्वेच्छिक अधिकका आधारमा बीमितले बीमाशुल्क रकममा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्ने प्रावधान छ। मोटरसाइकलको बीमा गर्दा बीमितले ५०० देखि २ हजार रुपैयाँसम्म स्वेच्छिक अधिक रोज्ने सुविधा पाइरहेका छन्। चारपांग्रे सवारीको हकमा १ हजारदेखि १० हजार रुपैयाँसम्म स्वेच्छिक अधिकको सीमा तय गरिएको छ। चारपांग्रे सवारीको बीमामा स्वेच्छिक अधिकका आधारमा बीमाशुल्क रकममा १० देखि २५ प्रतिशतसम्म बीमितले छुट प्राप्त गर्ने प्रावधान छ।

सवारीसाधनको प्रयोग गर्दा बीमितले बीमा कम्पनीबाट क्षतिपूर्ति दाबी पाइहालिन्छ भनेर लापरबाहीपूर्वक सवारीसाधन प्रयोग नगरुन् र जिम्मेवारीबोध होस् भन्ने उद्देश्यले अनिवार्य अधिकको अवधारणा लागू गरिएको हो। सानातिना क्षतिको अवस्थामा बीमा दाबीको प्रक्रिया गएर बीमितले प्रक्रियागत झन्झट व्यहोर्नुपर्दा व्यर्थ रुपमा समय खर्च हुने भएकाले पनि अनिवार्य अधिकले यस्तो दाबीको झन्झटलाई नियन्त्रण गर्छ।

मोटर बीमाअन्तर्गत बीमितले कुनै पनि क्षतिपूर्ति दाबी गर्नु अधिक बीमालेखमा समावेश गरिएको स्वेच्छिक अधिक र अनिवार्य अधिकसम्बन्धी प्रावधानबारे विचार गर्नुपर्छ। यसबाहेक कुन–कुन अवस्थामा दाबी लाग्ने र कुन अवस्थामा दाबी नलाग्ने सम्बन्धमा बीमालेखको अनुसूचीमा समावेश गरिएका प्रावधानहरुबारे राम्ररी अध्ययन गर्नुपर्छ। बीमालेखमा उल्लेखित प्रावधान वा सर्तअन्तर्गतको अवस्थामा नै सवारीसाधनमा क्षति पुगेको हो र स्वेच्छिक वा अनिवार्य अधिकको सीमाभन्दा बढी क्षति भएको छ भने बीमकलाई बीमा दाबीको सूचना दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS