IME Life New

बाढीपहिरोबाट भएको क्षतिको विवरण हरेक हप्ता प्राधिकरणमा पेस गर्न निर्जीवन बीमकलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढीपहिरोबाट भएको क्षतिको विवरण साप्ताहिक रुपमा पेस गर्न निर्जीवन बीमक र निर्जीवन लघु बीमकलाई निर्देशन दिएको छ।

प्राधिकरणले असोज १५ गते परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो। काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षा, पहिरो तथा डुबानका कारण बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई सहज र शीघ्र फर्छ्यौट गर्न क्षतिको विवरण साप्ताहिक रुपमा बुधबारका दिन गुगल डकुमेन्टमार्फत प्राधिकरणमा पेस गर्न कम्पनीहरुलाई निर्देशन दिइएको छ।

Esewa
Crest

बाढीपहिरोबाट भएको क्षतिको मूल्यांकन गर्न प्राधिकरणबाट इजाजत प्राप्त सर्भेयरलाई वर्तमान प्रकोपको अवस्थाका लागि बीमकको सर्भेयरको सूचीमा आबद्ध नभएका सर्भेयरलाई समेत खटाउन सकिने व्यवस्था प्राधिकरणले गरेको छ। यस प्रकारको दाबी प्रयोजनका लागि सर्भेयरलाई तोकिएको सर्भे संख्याको सीमा लागू नहुने प्राधिकरणले स्पष्ट पारेको छ।

बीमकले हालको प्रकोपको दाबी भुक्तानीका लागि संक्षिप्त कार्यविधि बनाई लागू गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। सर्भेयरलाई क्षतिको यकिन गरी तोकिएको अवधिभित्र प्रतिवेदन पेस गर्न लगाउन कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार बीमकले यस प्रकारको दाबी भुक्तानी सम्बन्धमा पुनर्बीमकहरुलाई पत्राचार गर्नुपर्नेछ। जल तथा मौसम विज्ञान विभागको प्रतिवेदन क्षति मूल्यांकनको आधारका रुपमा लिन सक्ने व्यवस्था पनि प्राधिकरणले गरिदिएको छ।

बीमकले आवश्यकताअनुसार आंशिक रुपमा अग्रिम दाबी भुक्तानी गर्न सक्ने पनि प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS