IME Life New

सिद्धार्थ बैंकको चाडपर्व लक्षित दशैं टु एक्स रिवार्ड योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चाडपर्व लक्षित दशैं टु एक्स रिवार्ड अफर योजना ल्याएको छ। बैंकको कार्ड वा मोबाइलबाट कारोबार गर्दा दुई गुणा बढी प्वाईन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंककाअनुसार यो योजना असोज ११ देखि लागू भइसुकेको छ । यस योजना अब असोज ३० गतेसम्म रहनेछ। सिद्धार्थ बैंकको कार्ड प्रयोग गरेर वा मोबाइल बैकिङ्गबाट गरिने टपअपको आधारमा रिवार्ड प्राप्त गर्ने बैंकले जनाएको छ।

Esewa
Crest

यसरी प्राप्त प्वाईन्ट ग्राहकले हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन। सिद्धार्थ बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्नुका साथैबैंकले आफ्नोडिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ । यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ्ग कारोबारलाई उत्कृष्ट बनाउने बिश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS