IME Life New

एनएलजी इन्स्योरेन्सले पायो ६२% हकप्रद शेयर ल्याउने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर ल्याउने अनुमति पाएको छ।

धितोपत्र बोर्डले शुक्रबार एनएलजी इन्स्योरेन्सलाई चुक्तापुँजीको १००ः६२.५६ अनुपातमा अर्थात ६२.५६ प्रतिशत हकप्रद शेयर ल्याउन अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले पूर्वघोषित हकप्रद शेयरको आकारमा परिमार्जन गरेको थियो। जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७९।८० को बोनस शेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१.३० रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ।

यसअघि कम्पनीले तत्काल कायम रहेको चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको ६६ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। उक्त हकप्रद जारी गर्न कम्पनीले बीमा प्राधिकरणसँग स्वीकृति पनि मागेको थियो। प्राधिकरणबाट स्वीकृति प्राप्त नहुँदै कम्पनीको १८ औँ वार्षिक साधारणसभाबाट ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएपछि कम्पनीले हकप्रदको आकार घटाएको हो।

एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटल मार्केट रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS