IME Life New

मर्केण्टाइलले नेपाली बजारमा ल्यायो एआईमा आधारित एसर ब्राण्ड ल्यापटप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसर ल्यापटपको नेपालस्थित अधिकृत बिक्रेता मर्केन्टाइल अफिस सिस्टमले माइक्रोसफ्टको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको ‘कोपाइलट’ च्याटबट भएको नयाँ ल्यापटप बजारमा ल्याएको छ ।

एचर ल्यापटपको माउस प्याडमा एआइको प्रयोग भइरहेको संकेत गर्ने छुट्टै संकेत बत्ती छ । कोपाइलटको माध्यमबाट च्याटबोट प्रयोग गरेर विभिन्न कार्यहरू सजिलै गर्न सकिन्छ। त्यति मात्र होइन, ल्यापटपमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विभिन्न उपकरण पनि प्रयोग गर्न सकिन्छ । बुधबार होटल मेरियटमा आयोजित एक कार्यक्रममार्फत एसरको एआई प्रविधिमा आधारित ल्यापटप सार्वजनिक गरिएको हो ।

Esewa
Crest

एसर स्वीफ्ट, ट्राभल मेट मोडलको ल्यापटप एसर को पहिलो कोपाइलट प्लस कम्प्युटर हो। कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधि प्रयोग गरी विभिन्न कार्यहरू सजिलै गर्नका साथै एकै पटक चार्जमा २० घण्टासम्म लगातार ल्यापटप प्रयोग गर्न सकिन्छ। लामो समय बाहिर रहेर काम गर्नुपर्ने वा यात्रामा रहेका बेला काम गर्नुपर्ने प्रयोगकर्ताका लागि यो उपयोगी हुनेछ।

स्न्यापड्रागन एक्स एलिट प्रोसेसरमा चल्ने ल्यापटपको क्षमता ५१२ जीबी छ। १५.६ इन्चको स्क्रिनको ल्यापटपमा १२० हर्ट्जको रिफ्रेस दर छ, त्यसैले तपाईले उच्च गुणस्तरका तस्विर र भिडियोहरू हेर्न सक्नुहुन्छ।

मर्केण्टाइल अफिस सिस्टमका प्रमुख कार्यकारी अधिकृत नविन जोशीले भने, एसरले नेपालमा पहिलो को पाइलट प्लस ल्यापटप सार्वजनिक गरेको छ। यसमा च्याटबट समावेश भएकोले ल्यापटप मार्फत एआइ प्रयोग गर्दा प्रयोगकर्ताले विशेष फाइदाहरू प्राप्त गर्नेछन्। एसरको नयाँ ल्यापटपले ग्राहकहरुको कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्न मद्दत गर्नेछ ।

कार्यक्रममा एसरको एशिया प्रशान्त क्षेत्रकी प्रमुख लिसीले एआइले काम गर्ने तरिकामा ल्याएको जादुइ परिवर्तनबारे उल्लेख गर्दै एसरका ल्यापटपले व्यवसायीक र गैरव्यवसायीक दुबै खाले प्रयोगकर्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गरिन् । एसरका प्रोडक्ट स्पेशलिष्ट अल्फ्रेड सोहले एआइमा आधारित एसर ल्यापटपमा प्रयोग गरिएको सफ्टवेयर, द्रूत गतीमा तथ्यांक प्रशोधन गर्ने क्षमता भएको प्रोसेसर लगायतको विशेषताबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS