IME Life New

निर्जीवन बीमकको सबैभन्दा धेरै व्यापार सम्पत्ति बीमामा, कुन क्षेत्रबाट कति प्रिमियम संकलन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा निर्जीवन लघु बीमकले ४ लाख ७० हजार ५१४ वटा बीमालेख बिक्री गरेर उक्त रकमबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्।

भदौसम्म बीमकहरुले सम्पत्ति बीमाको सर्वाधिक व्यापार गरेको देखिन्छ। कम्पनीहरुले सम्पत्ति बीमाबाट २ अर्ब ३३ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन कुल व्यापारको २९.६९ प्रतिशत हिस्सा हो।

Esewa
Crest

यसैगरी दोस्रो ठूलो व्यापारमा मोटर बीमा परेको छ। मोटर बीमा गरेर बीमकहरुले २ अर्ब २० करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यापारको २८.०५ प्रतिशत हिस्सा रहेको छ।

तेस्रो ठूलो व्यापारमा विविध बीमा परेको छ। विविध बीमाबाट बीकमहरुले ९६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल व्यापारको १२.३५ प्रतिशत हिस्सा हो।

यसैगरी भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्कापट्टा बीमाबाट ९२ करोड ४१ लाख रुपैयाँ, सामुद्रिक बीमाबाट ४६ करोड २० लाख रुपैयाँ, हवाई बीमाबाट ४४ करोड ९० लाख रुपैयाँ, कृषि तथा बालीबाट ४० करोड १३ लाख रुपैयाँ र लघु बीमाबाट ११ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा इन्जिनियरिङ बीमाको हिस्सा ११.७६ प्रतिशत, सामुद्रिक बीमाको ५.८८ प्रतिशत, हवाई बीमाको ५.७१ प्रतिशत, कृषि तथा बाली बीमाको ५.११ प्रतिशत र लघु बीमाको १.४५ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS