GBIME
IME Life

निर्जीवन बीमकको व्यापार ७ अर्ब ७४ करोड, कुनको बजार हिस्सा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा साढे ७ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को भदौ महिनासम्ममा ४ लाख २८ हजार ६८ वटा बीमा पोलिसी जारी गरी कुल ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभनदा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको १३ दशलमव ०७ प्रतिशत हिस्सा ओगटेको हो । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको १० दशलमव ५० प्रतिशत हिस्सा ओगटेको हो । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ७२ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ९ दशलमव ३४ प्रतिशत हिस्सा ओगटेको हो ।

SKYWELL
Crest

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ७ दशलमव ७८ प्रतिशत हिस्सा ओगटेको हो । नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ७ दशलमव ६० प्रतिशत हिस्सा ओगटेको हो । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ७ दशलमव ४९ प्रतिशत हिस्सा ओगटेको हो । राष्ट्रिय बीमा कम्पनीले ५४ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ७ दशलमव ०४ प्रतिशत हिस्सा ओगटेको हो ।
त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ६ दशलमव २२ प्रतिशत हिस्सा ओगटेको हो । यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ५ दशलमव ८८ प्रतिशत हिस्सा ओगटेको हो । ओरिएण्टल इन्स्योरेन्सले ४४ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ५ दशलमव ७२ प्रतिशत हिस्सा ओगटेको हो ।

यता, नेपाल इन्स्योरेन्सले ४३ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ५ दशलमव ६४ प्रतिशत हिस्सा ओगटेको हो । सानिमा जिआइसी इन्स्योरेन्सले ३९ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ५ दशलमव १३ प्रतिशत हिस्सा ओगटेको हो । नेशनल इन्स्योरेन्सले ३७ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ४ दशलमव ८१ प्रतिशत हिस्सा ओगटेको हो । प्रभु इन्स्योरेन्सले २९ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल व्यापारको ३ दशलमव ८० प्रतिशत हिस्सा ओगटेको हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS