IME Life New

नेपालको आर्थिक वृद्धिदर ३.९% रहने, आगामी वर्ष अझ बढ्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियाली विकास बैंकले वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। गत अप्रिलमा एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

Esewa
Crest

षि, पर्यटक र विद्युतजस्ता क्षेत्रमा देखिएको वृद्धिले एडीबीले नेपाल अर्थतन्त्र सकारात्मक बन्दै गएको जनाएको छ। यो बढोत्तरी निरन्तरता पाएमा वर्ष २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशतसम्म पुग्ने एडीबीले जनाएको छ। वर्ष २०२३ मा नेपाल आर्थिक वृद्धिदर २ प्रतिशत रहेको थियो।

एडीबीका अनुसार दक्षिण एसियाली क्षेत्रमा वर्ष २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान छ । वर्ष २०२५ मा यो क्षेत्रको वृद्धिदर ६.५ प्रतिशत कायम हुने एडीबीको प्रक्षेपण छ।

वर्ष २०२४ मा नेपालको मुद्रास्फीति ५.४ प्रतिशतको दायराभित्र रहने अनुमान गरिएको छ। वर्ष २०२५ मा भने बढेर ५.५ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण रहेको छ।

दक्षिण एसियाली मुलुकहरुमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा बढी देखिएको छ। भारतले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने एडीबीको प्रक्षेपण रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS