काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९ हजार ८६५ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।
बैंकले तोकिएको सो अवधिभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।