IME Life New

गरिमा विकास बैंकको ५ लाख ३३ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकको ५ लाख ३३ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ३३ हजार २८६.९९ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बैंकले संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थजालाई ४ लाख २५ हजार १५६.६७ कित्ता शेयर बिक्रीमा राखेको छ। इच्छुक लगानीकर्ताले यो शेयरका लागि १५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

Esewa
Crest

निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

यसैगरी बैंकको १ लाख ८ हजार १३०.३२ कित्ता शेयर खरिद गर्न संस्थापक शेयरधनीहरुले निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीले बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS