IME Life New

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

असोज ७ गते, सोमबार, नेप्सेले बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात् कम्पनीको शेयरमूल्य ६३१ रुपैयाँ ८२ पैसा कायम भएको छ। नेप्सेले अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। सोमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ६९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Esewa
Crest

यही समायोजित मूल्यलाई आधार मानेर असोज ८ गते मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।बैंकले असोज २० गते, आइबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS