IME Life New

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

Esewa
Crest

सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, रितेश अर्याल र बैंकका बागमति प्रदेश प्रमुख, बिनोद कुमार ढुंगेल र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS