IME Life New

आजसम्म शेयर किन्नेले एभरेष्ट बैंकको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज ७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

बैंकले आर्थिक वर्ष २०८।८१ लाभांश पारित गर्न ३० औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तपुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँको कुल १५।५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने १ अर्ब १७ करोड ६७ लाख ९० हजार ३८८ रुपैयाँबराबरको बोनस शेयर र करसहित ५.५३ प्रतिशतले हुन आउने ६५ करोड ७ लाख ६५ हजार ८५ रुपैयाँबराबरको नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्न नियमावलीको नियम २८ (१) (ग) सोहीबमोजिम संशोधन गर्ने प्रस्ताव पातिर गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS