IME Life New

नेपालपे क्यूआरको शुभ लाभ अफर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीहरुको महान पर्व वडा दशैं तथा तिहारको अवसरमा नेपालपे क्यूआरमा शुभ लाभ अफर सार्वजनिक भएको छ । यो अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म (२१ सेप्टेम्बर देखि १५ अक्टोबर, २०२४) लागू हुनेछ ।

सो अफर अन्तर्गत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले Sureshot Cashback पाउनुका साथै जति धेरै क्यूआर कारोबार गर्नेछन् त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । उक्त अफर अवधिभरि न्यूनतम रु २०० वा सो भन्दा बढिको न्यूनतम १० वटा वा सो भन्दा बढि कारोबार गर्ने ग्राहकहरुले रु २०० क्यासब्याक प्राप्त गर्नेछन् साथै लक्की ड्रका लागि पनि योग्य हुनेछन् ।

Esewa
Crest

लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरु जस्तै टिभी, वासिङ्ग मेसिन, फ्रिज, माइक्रो वेव ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोनहरु रहेका छन् । ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग, वालेटहरु तथा कनेक्ट आइपीएस एपबाट सजिलै नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागू हुने छ भने गेटवे भुक्तानीमा भने लागू नहुने जनाएको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपालपे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS