IME Life New

दुई महिनामा करिब रु. १३ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा बढी पर्यटनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन र भदौ) मा नेपालमा करिब १३ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा १२ अर्ब ९८ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो। यो गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ११.२० प्रतिशतले कम हो। गत आर्थिक वर्षको साउन र भदौमा १४ अर्ब ६२ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

Esewa
Crest

विभाग अनुसार साउनमा ९ अर्ब १५ करोड २५ लाख र भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको छ। गत आर्थिक वर्षको साउनमा ११ अर्ब ९३ करोड र भदौमा २ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

गत आर्थिक वर्षभरि ५४ अर्ब ८७ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो। जसमा ८ अर्ब ४६ करोड रुपैयाँमात्रै भित्रिएको थियो ।

विभागका अनुसार अटोमेटिक रुटबाट चालु आर्थिक वर्षको साउन र भदौमा ८६ करोड २५ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। सरकारले लगानी सम्मेलनमार्फत अटोमेटिक रुटबाट लगानी स्वीकृति गर्ने बाटो खोलेको थियो।

अधिकांश वैदेशिक लगानी प्रतिबता साना उद्योगमा आएको छ। साउन र भदौमा ठूलो लगानीमा २ वटा उद्योगमात्र दर्ता भएका छन् भने साना लगानीका ९५ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ। मझौला उद्योग दर्ता भएका छैनन्।

वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा बढी केन्द्रित रहेको छ। साउन र भदौमा पर्यटन क्षेत्रका कुल ७१ वटा उद्योग दर्ता भएका छन्। यो कुल प्रतिबद्धताको ७३ प्रतिशत हिस्सा हो।

दोस्रोमा सेवा क्षेत्र परेको छ। यस क्षेत्रमामा १५ उद्योग दर्ता भएका छन्। जुन कुल प्रतिबद्धताको १६ प्रतिशत हिस्सा हो।

यसैगरी उत्पादनमा ६, सूचना प्रविधिमा ३ वटा र कृषिमा २ वटा उद्योग दर्ता भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS