IME Life New

वाणिज्य बैंकहरुबाट घरजग्गामा गयो सवा २ खर्ब कर्जा, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष साउनसम्म वाणिज्य बैंकहरुबाट घरजग्गामा सवा २ खर्ब कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुबाट घरजग्गामा कुल २ खर्ब २४ अर्ब ५३ करोड ७० लाख रुपैयाँ कर्जा गएको हो।

घरजग्गामा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंकमा एनआईसी एसिया रहेको छ। यो बैंकले २८ अर्ब २४ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जुन वाणिज्य बैंकहरुबाट घरजग्गामा गएको कुल कर्जाको १२.५८ प्रतिशत हो।

Esewa
Crest

दोस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले घरजग्गामा २४ अर्ब ८६ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जुन कुल कर्जाको ११.०७ प्रतिशत हो।

यसैगरी तेस्रोमा नबिल बैंक रहेको छ। यो बैंकबाट घरजग्गामा २३ अर्ब ५० करोड ६४ लाख रुपैयाँ गएको छ। जुन कुल कर्जाको १०.४७ प्रतिशत हो।

घरजग्गामा उच्च कर्जा प्रवाहको हिसाबले प्राइम कमर्सियल बैंकले चौथो स्थानमा रहेको छ। यो बैंकबाट घरजग्गामा १८ अर्ब ९९ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो बैंकको हिस्सा ८.४६ प्रतिशत रहेको छ।

साउनसम्म घरजग्गामा ग्लोबल आइएमई बैंकले १५ अर्ब ७३ करोड ५३ लाख रुपैयाँ, प्रभु बैंकले १५ अर्ब २ करोड ५५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १३ अर्ब ९८ करोड ४३ लाख रुपैयाँ, नेपाल बैंकले १३ अर्ब ९४ करोड ३२ लाख रुपैयाँ र हिमालयन बैंकले १३ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रदान गरेका छन्।

त्यस्तै घरजग्गामा राष्ट्रिय वाणिज्य बैंकबाट ९ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ८ अर्ब ३६ करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट ६ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ, सानिमा बैंकबाट ५ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ, एनएमबि बैंकबाट ४ अर्ब ८९ करोड ९९ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकबाट ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ, सिद्धार्थ बैंकबाट ४ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ४ अर्ब ५८ करोड १२ लाख रुपैयाँ, कुमारी बैंकबाट ४ अर्ब ११ करोड ५३ लाख रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ७२ करोड ५१ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकबाट १ अर्ब ६० करोड ४ लाख रुपैयाँ कर्जा भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS