GBIME
IME Life

बीमक इजाजतपत्र सम्बन्धी यस्ता छन् कानूनी व्यवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुनै पनि देशमा बीमा व्यवसायको इजाजतपत्र जारी गर्न प्रचलित ऐन कानूनको आधारमा नियमनकारी निकायको व्यवस्था भएको हुन्छ । नेपालमा बीमा ऐन, २०७९ अनुसार बीमा कम्पनीको स्थापना गर्ने, पुर्वस्वीकृति प्रदान गर्ने, इजाजतपत्र प्रदान गर्ने तथा खारेज गर्ने गरी नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ ।

उक्त ऐनको दफा २५ बमोजिम इजाजतपत्र नलिई कसैले पनि बीमा, पुनर्बीमा, बीमा कोष जस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसाय सम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन हुँदैन। यस ऐन बमोजिम बीमा व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिले प्रचलित कानून बमोजिम पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता गराई बीमा कम्पनीको स्थापना गर्नु पर्नेछ । यसरी बीमा कम्पनीको स्थापना गर्दा नेपाल बीमा प्राधिकरणबाट पूर्वस्वीकृतिलिनुपर्दछ । पूर्वस्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा
तोकिए बमोजिमको शुल्क सहित बीमा ऐन, २०७९ मा तोकिए बमोजिमको कागजात संलग्न गरी निवेदन पेश गर्नुपर्दछ
१ प्रस्तावित बीमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली,

SKYWELL
Crest

२ बीमा व्यवसायको सम्भाव्यता अध्ययन प्रतिवेदन तथा पूर्वाधार सम्बन्धी विवरण, ३ प्राधिकरणले तोकेको ढाँचामा संस्थापकहरुको व्यक्तिगत विवरण,

३ प्रस्तावित बीमा कम्पनी संस्थापना गर्नु अघि संस्थापकहरु बिच कुनै सम्झौता भएको भए त्यस्तो सम्झौता भएको प्रमाणित प्रतिलिपि र सोको सारांश,

४ पूर्वस्वीकृतिको लागि निवेदन दिनुभन्दा तत्काल अघि संस्थापकले अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता गरेको प्रमाणपत्र ।

६.कुनै सङ्गठित संस्थाले निवेदन दिएको भए देहायको विवरणः

१ बीमा कम्पनी स्थापनाको सम्बन्धमा सञ्चालक समितिको निर्णय,

२ सम्बन्धित कम्पनीको प्रबन्धपत्र तथा नियमावली,

३ लगानी गर्न सक्षम रहेको पुष्टी हुने तोकिए बमोजिमका कागजात,

४ प्रचलित कानून बमोजिम नियमन हुने व्यवसाय वा कारोबार सञ्चालन गर्ने संस्था भएमा त्यस्तो संस्थाको नियमनकारी निकायबाट बीमा व्यवसायमा लगानी गर्न दिएको अनुमति ।

५ प्राधिकरणले निर्धारण गरेका अन्य विवरण तथा कागजात ।

कुनै विदेशी बीमा कम्पनीले प्राधिकरणको पूर्वस्वीकृति लिई नेपालको कुनै सङ्गठित संस्था वा नेपाली नागरीकसँग संयुक्त लगानीमा बीमा कम्पनी स्थापना गर्न वा नेपालमा शाखा खोल्न सक्नेछ । यसरी विदेशी बीमा कम्पनीले संयुक्त लगानीमा बीमा कम्पनी स्थापना गर्न वा शाखा कार्यालय खोल्न पूर्वस्वीकृतिको लागि तोकिए बमोजिमको शुल्क सहित प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ । यसरी निवेदन दिँदा माथि

उल्लेखित विवरणका अतिरिक्त देहायका विवरण कागजात समेत संलग्न गर्नु पर्नेछ
सम्बन्धित मुलुकमा बीमा व्यवसाय गर्न पाएको इजाजतपत्रको प्रतिलिपि,

सम्बन्धित मुलुकमा बीमा व्यवसाय गर्न पाएको इजाजतपत्र अद्यावधिक नवीकरण गरेको प्रमाण,

सम्बन्धित मुलुकको नियमनकारी निकायबाट नेपालमा शाखा कार्यालय खोल्न स्वीकृति प्रदान गरेको प्रमाण,

नेपालमा संयुक्त लगानीमा बीमा कम्पनी संस्थापना गर्न वा शाखा कार्यालय खोल्ने सम्बन्धमा सम्बन्धित बीमा कम्पनीका सञ्चालक समितिको निर्णय,

वित्तीय सक्षमता देखिने गरी त्यस्तो कम्पनीको पछिल्लो पाँच आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन,

विदेशी संस्थाको सञ्चालकको नामावली र शेयर स्वामित्वको अनुपात तथा वित्तीय स्वार्थ रहेको संस्थाको विवरण, प्राधिकरणले निर्धारण गरेका अन्य विवरण तथा कागजात ।

पूर्वस्वीकृति प्राप्त गरेका कम्पनीले बीमा व्यवसाय गर्न चाहेमा नेपाल बीमा प्राधिकरण समक्ष देहाय बमोजिमको आवश्यक कागजात सहित इजाजतपत्रको लागि निवेदन दिनु पर्दछः प्रस्तावित बीमा कम्पनिको प्रबन्धपत्र तथा नियमावली,

बीमा व्यवसायको सम्भाव्यता अध्ययन प्रतिवेदन तथा पूर्वाधार सम्बन्धी विवरण, प्राधिकरणले तोकेको ढाँचामा संस्थापकहरुको व्यक्तिगत विवरण,

प्रस्तावित बीमा कम्पनी संस्थापना गर्नु अघि संस्थापकहरु बीच कुनै सम्झौता भएको भए त्यस्तो सम्झौताको प्रमाणित प्रतिलिपि र सोको सारांश,
पूर्वस्वीकृतिको लागि निवेदन दिनुभन्दा तत्काल अघि संस्थापकले अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता गरेको प्रमाण,

कुनै सङ्गठित संस्थाले निवेदन दिएको भए देहायको विवरण
बीमा कम्पनी संस्थापनाको सम्बन्धमा सञ्चालक समितिको निर्णय, सम्बन्धित कम्पनीको प्रबन्धपत्र तथा नियमावली, लगानी गर्न सक्षम रहेको पुष्टी हुने तोकिए बमोजिमका कागजात,

प्रचलित कानून बमोजिम नियमन हुने व्यवसाय वा कारोबार सञ्चालन गर्ने संस्था भएमा त्यस्तो संस्थाको नियमनकारी निकायबाट बीमा व्यवसायमा लगानी गर्न दिएको अनुमति ।

प्राधिकरणले निर्धारण गरेका अन्य विवरण तथा कागजात ।

नेपाल बीमा प्राधिकरणले प्राप्त निवेदन र कागजातको जाँचबुझ गरी बीमा व्यवसाय गर्न सक्षम देखिएमा तोकिए बमोजिमको दस्तुर लिई निवेदन प्राप्त भएको साठी दिनभित्र इजाजतपत्र प्रदान गर्नेछ । यसरी इजाजतपत्र प्राप्त गरेको छ महिनाभित्र उक्त इजाजतपत्रमा उल्लेख भए बमोजिमको बीमा व्यवसाय प्रारम्भ गर्नु पर्नेछ । बीमकले आवश्यक कागजात पेश नगरेमा वा प्राधिकरणले मनासिब नदेखेमा इजाजतपत्र दिन इन्कार गर्न सक्नेछ ।

बीमा व्यवसायको बजार सम्बन्धी अध्ययन, अनुसन्धान तथा मूल्याङ्कनका आधारमा प्राधिकरणले अवधि तोकी बीमा कम्पनी स्थापना गर्न वा विदेशी बीमा कम्पनीलाई शाखा कार्यालय खोल्न पूर्वस्वीकृति दिन वा इजाजतपत्र जारी गर्न रोक लगाउन सक्नेछ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS