IME Life New

गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदो ३१ गते बसेको सञ्चालक समितिको बैठकले आज असोज १ गतेदेखि लागू हुने गरी रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेग्मी २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा सोही बैङ्कमा कार्यरत थिए । उनले २०८० चैत १५ गतेदेखि कम्पनीको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।

Esewa
Crest

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग तत्कालिन जनता बैंक र तत्कालिन सेन्चुरी कमर्शियल बैंकमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका उनीसँग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS