IME Life New

प्राधिकरणको ‘बीमा साक्षरता रुपरेखा’मा कस्ता सोच, लक्ष्य र उद्देश्य समेटिएका छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमा साक्षरता रुपरेखा–२०८१’को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ। प्राधिकरणले यसलाई कार्यान्वयनमा ल्याउनुअघि सरोकारवाला निकायहरुबाट रायसुझाव पनि मागेको छ।

बीमा विकास तथा प्रवर्द्धनका लागि अपरिहार्य रहेको बीमा साक्षरता अभियान प्राधिकरण तथा बीमा दुवैको समान जिम्मेवारी रहेकोले यस कार्यलाई मार्गदर्शन गरी एकरुपता प्रदान गर्न सोचेले यो रुपरेखा तयार पारिएको प्राधिकरणले जनाएको छ। प्राधिकरण र बीमकबाट वित्तीय साक्षरता अभिवृद्धिका लागि विभिन्न प्रकारका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेछ। बीमा ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक बीमा प्रणालीमा समेट्नुका साथै सामान्य बीमा जानकारी भएका व्यक्तिलाई नयाँ बीमा अवधारणको जानकारी गराउँदै बीमा प्रणालीप्रति अभ्यस्त बनाई धेरैभन्दा धेरै नागरिकमा बीमाको पहुँच पुर्याउने अभिप्रायले बीमा सचेतना कार्यक्रम सञ्चलन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

Esewa
Crest

बीमा पहुँच बढाउनका लागि बीमा साक्षरता आजको आवश्यकता हो। नेपालमा हाल बीमा प्राधिकरण, बीमकलगायतबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भइरहेका छन। यो रुपरेखाले नेपालमा बीमा साक्षरताको प्रयासलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यस ढाँचाका आधारमा बीमा साक्षरताका लागि बीमा प्राधिकरणको सोच, लक्ष्य र उद्देश्य समावेश गरी विविध क्रियाकलापलाई आधार प्रदान गर्दै सञ्चालन निर्देशिका, तालिम पुस्तिका र अनुगमन तथा मूल्यांकन विधिहरु निर्माण गरिने प्रस्ताव रुपरेखामा गरिएको छ।

यस्ता बीमा साक्षरता रुपरेखाका सोच, लक्ष्य र उद्देश्य

सोचः

जोखिमबाट सुरक्षा र बजार स्थिरता सुनिश्चित गर्दै प्रभावकारी बीमा निर्णयहरु गर्न आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारका साथ व्यक्तिहरुलाई आत्मप्रेरित गर्नुका साथै बीमा क्षेत्रका माध्यमद्वारा सचेत र सशक्त नेपाल निर्माण गर्नु।

लक्ष्य

नेपाली बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्ने एवं दुर्गम ग्रामीणलगायत सबै वर्ग क्षेत्र र तहका नागरिकलाई बीमाप्रति सुनिश्चित तुल्याउनु।

उद्देश्य

  • बीमाका आवश्यकताहरु बुझ्न व्यक्तिहरुलाई आवश्यक बीमा ज्ञान र प्रविधिहरुका माध्यमबाट सरोकारवाला समग्र पक्षलाई सशक्त पार्नु,
  • व्यवस्थित रुपमा बीमा प्रणालीमा स्थिरता हासिल गर्न सहजीकरण गर्न बीमा प्राधिकरणका लागि बीमा साक्षरताको औपचारिक संरचना विकास गर्नु,
  • बीमा साक्षरता प्रयासहरु तथा बीमा पहुँचबाट बीमा समावेशीकरणलाई बढावा दिनु,
  • कुल ग्राहस्थ उत्पादनमा योगदानमात्रै रहेको बीमा क्षेत्रको दायरा फराकिलो पार्नु,
  • समाजको ठूलो हिस्सामा बचत गर्ने क्षमताको कमी रहेको अवस्थामा बचत गर्ने बानीको विकास गरी स्रोतको समुचित लगानी गर्नु,
  • बीमाको दायरा फराकिलो बनाई अधिकतम व्यक्ति र कारोबारलाई बीमाको दायरामा ल्याउनु।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS