IME Life New

बैंकिङ प्रणालीमा थुप्रिँदै पैसा, निक्षेप रु. ६५ खर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा लगातार पैसा थपिने क्रम जारी नै रहेको छ। पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा निक्षेप ६५ खर्ब रुपैयाँ नाघेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २५ गतेसम्म कुल निक्षेप ६४ खर्ब ९६ अर्ब रुपैयाँ थियो। यो २ दिनको अवधिमा कुल निक्षेप ९ अर्ब रुपैयाँले बढेको छ।

Esewa
Crest

यसैगरी भदौ २७ मा बैंकहरुको कुल कर्जा लगानी ५२ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। गत भदौ २५ गतेसम्म कुल कर्जा लगानी ५२ खर्ब ९ अर्ब रुपैयाँ थियो। यो हिसाबले २ दिनको अवधि कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ।

भदौ २७ मा बैंकहरुको औसत सीडी रेसियो ७८.७८ प्रतिशत रहेको छ। भदौ २५ मा बैंकहरुको औसत सीडी रेसियो ७८.७५ रुपैयाँ थियो।

बैंकहरुको अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS