IME Life New

१० वाणिज्य बैंकको बाह्य लेखापरीक्षणको प्रक्रिया रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका १० वटा वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षणको प्रक्रिया रद्द भएको छ।

नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षणको कार्य रद्द गरिएको जानकारी गराएको हो। यसअघि राष्ट्र बैंकले ‘लोन पोर्टफोलियो रिभ्यु’अन्तर्गतती वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।

Esewa
Crest

गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले राखेको सर्तबमोजिम केन्द्रीय बैंकले ती वाणिज्य बैंकको विदेशी लेखापरीक्षकबाट अडिट गर्ने प्रक्रिया अगाडि बढाएको थियो। आईएमएफले विभिन्न सर्त राखेर नेपालमा ३६ महिने नेपालमा सुधारको कार्यक्रम गरिरहेको छ। सोही कार्यक्रमअन्तर्गत ती वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षण गर्न आईएमएफको एउटा सर्त रहेको थियो।

उक्त कार्यक्रमअन्तर्गत आईएमएफले विभिन्न किस्ता ऋण उपलब्ध गराउँदै आएको छ। ती वाणिज्य बैंकको बाह्य लेखापरीक्षण नगरिए ऋण रोक्ने आईएमएफको अडान थियो।

राष्ट्र बैंक स्रोतका अनुसार कर्जा प्रवाह, चुक्तापुँजी, मुनाफालगायतको वित्तीय सूचक आधारमा प्रभु, लक्ष्मी सनराइज, एनएमबि, ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न लागिएको थियो। ‘

पछिल्लो समय ऋण उठाउन नसक्दा बैंकिङ क्षेत्रमा विभिन्न समस्या देखिएको छ। खराब कर्जा पनि बढेको छ। तर, पछिल्लो समय बैंकहरु कर्जा प्रवाहभन्दा पुरानो ऋण उठाउन जोडतोडले लागेका छन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरुका लागि खुकुलो नीति ल्याएको छ। राष्ट्र बैंकले लेखापरीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेजको प्रस्ताव अस्वीकृत भएकोले लेखापरीक्षण प्रक्रिया रद्द गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS