GBIME
IME Life

लघु बीमकले एक वर्षमा उत्पादन गरे २ हजार ५ सय नयाँ अभिकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लघु बीमा कम्पनीले एक वर्षको अवधिमा दुई हजार पाँच सयभन्दा बढी बीमा अभिकर्ता उत्पादन गरेका छन् । नियामक नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको परिक्षामा लघु बीमा कम्पनीमार्फत सहभागिमध्ये गत आर्थिक वर्ष २०८०।८१ मा कुल २ हजार ५३६ अभिकर्ताले इजाजत पत्र प्राप्त गर्न सफल भएका हुन् ।

लघु बीमकबाट प्राप्त तथ्यांक अनुसार अभिकर्ता उत्पादनमा निर्जीवन बीमकभन्दा जीवन बीमक बढी सकृय देखिएका छन् । इजाजत प्राप्त तीनवटा लघु जीवन बीमकले एक वर्षको अवधिमा कुल २ हजार ४ सय ३५ नयाँ अभिकर्तालाई इजाजत पत्र दिलाएका छन् । यो मध्ये क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ९ सय ४०,लिबर्टी माइक्रो लाइफले ९२० र गार्जियन माइक्रो लाइफले ५७५ अभिकर्ता उत्पादन गरेका छन् ।

SKYWELL
Crest

लघु निर्जीवन बीमकको अभिकर्ता उत्पादन संख्या १ सय भन्दा पनि थोरै छ। इजाजत प्राप्त लघु निर्जीवन बीमकमध्ये प्रोटेक्टिभ माइक्रोले २७, नेपाल माइक्रोले १७, स्टार माइक्रोले ३० र ट्रष्ट माइक्रोले १९ जना नयाँ अभिकर्ता उत्पादन गरेका छन् ।

जीवन बीमकको लागि प्राधिकरणले वैदेशिक रोजगार बीमा बाहेकको बीमा अनिवार्य नगरेकाले अभिकर्तामार्फत् नै व्यवसाय बिस्तार गर्नुको विकल्प लघु जीवन बीमक समक्ष छैन । निर्जीवन बीमकको हकमा अधिकांश बीमा बाध्यकारी र अनिवार्य भएकाले व्यक्तिगत अभिकर्ताभन्दा पनि संस्थागत अभिकर्ता वा संघसंस्थाले नै व्यापारमा सहजिकरण गरिदिन्छन् । निर्जीवन बीमकले व्यापारको ठूलो हिस्सा सवारी साधनको बीमाबाट हात पारेका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS