IME Life New

महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकुलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एक आपसमा साझेदरी गर्ने सम्बन्धमा सहमति भएको हो ।

Crest

यस अन्तर्गत अध्यान्ता फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमहरुको वित्तीय लगानी, बजार विस्तार, व्यवसायिक विकास, वित्तीय व्यवस्थापन, व्यवसाय रणनितिको निर्माण, अनुपालना तथा सञ्चालन दक्षता वृद्धि गर्न प्राविधिक सहयोग गर्नेछ भने महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको निति बमोजिम साना तथा मझौला उद्यमहरुको पुँजीको पहुँचलाई सहज बनाउन वित्तीय सेवा, प्रतित पत्र, विदेशी विनिमय व्यवस्थापन जस्ता सेवाहरु प्रदान गर्नेछ । यसबाट देशको दीर्घकालीन आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS