IME Life New

नेपाल भित्रियो विश्व प्रसिद्ध खेल ‘कम्ब्याट तेक्वान्दो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । अमेरिकाबाट सन् २०२३ देखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत व्यवसायीकरुपमा सञ्चालन हुने भएको हो । कम्ब्याट तेक्वान्दोले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपालमा व्यवसायीक सुरुवातको औपचारिक घोषणा गरेको हो । कम्ब्याट तेक्वान्दोमा ११० मुलुकका ११५ मिलियन तेक्वान्दो खेलाडी र ४ हजारभन्दा बढी व्यवसायीक रेफ्री संलग्न छन् ।

यससँगै, अब नेपालमा समेत तेक्वान्दोको व्यवसायीक खेल प्रतियोगिता हुनेछ । जसमा नेपालसहित विभिन्न देशका ४ हजारभन्दा बढी व्यवसायीक तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसको प्रत्यक्ष प्रसारण ईएसपीएन नेटवर्कमा, ईएसपीएन प्ल्स र डिज्ने प्ल्स लगायतका ओटीटी प्लेटफर्ममा समेत प्रसारण हुनेछ ।

Esewa
Crest

कम्ब्याट तेक्वान्दोका संस्थापक तथा अध्यक्ष रिक शिनले कार्यक्रममा सम्बोधन गर्दै नेपाल सम्भावनाको देश भएको बताए । यहीकारण नेपाललाई तेक्वान्दोमा दक्षिण एसियाको हबकारुपमा विकास गर्ने उनले बताए । ‘नेपालमा थुप्रै सम्भावना भएका तेक्वान्दो खेलाडी छन्,’ शिनले भने, ‘यही सम्भावनालाई उजागर गर्ने लक्ष्यसहित कम्ब्याट तेक्वान्दोको व्यवसायीक खेल सुरु गर्न लागेका हौं ।’

विश्वव्यापीरुपमा तेक्वान्दोको २० बिलियन अमेरिकी डलरको बजार भएको आँकलन छ । यही बजारलाई मध्यनजर गर्दै गत वर्षदेखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु गरेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै कम्ब्याट तेक्वान्दो नेपालका अध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका वरिष्ठ उपाध्यक्ष एकनाथ थापाले औपचारिक सुरुवातको घोषणापछि अब छिट्टै व्यवसायीकरुपमा तेक्वान्दोको प्रतिस्पर्धा सुरु गर्ने बताए ।

उनले भने, ‘हामि छिट्टै कम्ब्याट तेक्वान्दोको प्रतियोगिता सुरु गर्नेछौं । सुरुमा जुनियरहरुको खेल हुनेछ । त्यसपछि सिनियर्सको खेल हुनेछ ।’ उनले यस प्रकारको प्रतियोगिताले नेपालका खेलाडीले विश्वस्तरको ‘एक्सपोजर’ पाउने र राम्रो आर्थिक लाभ समेत हुने बताए ।

यस्तै राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राकेशकुमार राईले नेपालमा कम्ब्याट तेक्वान्दो आउँदा आफूहरु उत्साहि बनेको बताए । यसबाट नेपालमा तेक्वान्दाको व्यवसायीक खेल औपचारिकरुपमा सुरु हुने भएकाले सक्दो सहयोग गर्ने प्रतिबद्धा जनाए । नेपालमा १ हजार ५०० भन्दा बढी तेक्वान्दो प्रशिक्षण एकेडेमी छन् । तर व्यवसायीक लिगको अभावमा एकेडेमी र खेलाडीले एक्सपोजर पाउन सकेका छैनन् ।

‘यसप्रकारको लिगले नेपालका खेलाडीलाई एक्सपोज गर्न सहज बनाउँछ,’ राईले भने, ‘विश्वभरका खेलाडीसँग खेल्न पाउँदा नेपालका खेलाडीले विभिन्न उपलिब्ध हासिल गर्न सक्छन् ।’ कम्ब्याट तेक्वान्दोमा नेपालका खेलाडीले विदेशबाट प्रतिस्पर्धाका लागि आउने व्यवसायीक तेक्वान्दो खेलाडीसँग भिड्नुपर्ने हुन्छ । जसबाट खेलाडीले एक्सपोजर पाउने निश्चित छ ।

यस्तै यसप्रकारको व्यवसायीक खेल नेपालमा पनि सञ्चालन हुनुले नयाँ खेलाडीलाई प्रोत्साहन पुग्ने अन्तर्राष्ट्रिय स्कुल महासंघ (आईएसएफ)का कार्यकारी सदस्य राजकुमार कार्की बताउँछन् । उनका अनुसार स्कुले विद्यार्थीलाई समेत तेक्वान्दोमा लाग्नका लागि कम्ब्याट तेक्वान्दोबाट प्रेरणा मिल्नेछ ।

यसले नेपालमा खेलकुद पर्यटनको सम्भावनालाई उजागर गर्दै खेलाडीलाई स्वदेशमा राम्रो कमाई गर्ने अवसर सृजना गर्ने आयोजकको दाबी छ । नेपालमा प्रमुख समस्याकारुपमा रहेको खेलाडी पयालयनको सिलसिलालाई समेत केही हदसम्म रोक्न मद्धत गर्ने बताइएको छ । यसैगरी ईएसपीएन र डिज्ने प्ल्सजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण हुने यो कार्यक्रमले नेपालको सुन्दरता, संस्कृती र खेल पर्यटनलाई विश्वमाज उजागर गर्दै पर्यटन प्रबद्र्धनमा सहयोगी भूमिका खेल्नेछ ।

कोम्ब्याट तेक्वान्दोले नेपालमा व्यवसायीकरुपमा खेल सञ्चालन गर्नका लागि पर्यटन मन्त्रालय र काठमाडौं महानगरपालिकासँग सहयोगको अपेक्षा गरेको अध्यक्ष शिनले कार्यक्रमका दौरान बताए । कम्ब्याट तेक्वान्दोको स्थानीय साझेदारकारुपमा इम्प्रेसन्स एडभरटाईजीङ कम्पनी रहेको छ ।

कम्ब्याट तेक्वान्दोको बारेमा
कम्ब्याट तेक्वान्दो सन् २०२३ मा अमेरिकामा स्थापना भएको निजी लगानीको व्यवसायीक तेक्वान्दो कम्पनी हो । हालसम्म यो विश्वका ११० देशमा पुगिसकेको छ । ११५ मिलियन तेक्वान्दो खेलाडी आबद्ध भइसकेका छन् ने ३१ मिलियनभन्दा बढी दर्शक छन् । नेपालमा यो खेल ‘अव्यवसायीक’ तथा ‘व्यवसायीक’ गरी दुई विधामा सञ्चालन हुनेछ । सन् १९८२ मा दक्षिण कोरियाबाट नेपाल आएका जेके शिनले नेपालमा तेक्वान्दोको औपचारिक सुरुवात गरेका थिए । नेपाली तेक्वान्दोका प्रणेता उनै जेके शिनका छोरा रिक शिनले कम्ब्याट तेक्वान्दोमार्फत औपचारिकरुपमा व्यवसायीक खेल भित्र्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS