IME Life New

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्य हुने भएको छ ।

पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनःप्रयोग तथा पुनःप्रशोधनमार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विद्यार्थीहरुको शौक्षिक विकास गर्ने मुल उद्देश्यका साथ उक्त सहकार्य भएको बैंकले जनएको छ ।

Esewa
Crest

सहकार्यअन्तर्गत राउण्ड टेबल नेपालले बैंकका विभिन्न शाखा कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु संकलन गर्नेछ । यसरी संकलन गरिएका कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनःप्रशोधनको लागि दिने र सोमार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिने छ ।

यसबाट कम्पनीले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास छ ।कम्पनीको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS