IME Life New

कोरोना बीमाः बीमक संघले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गर्यो मुद्दा, भोलि पेसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारविरुद्ध आज आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

बीमकहरुले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ दाबी भुक्तानी दिन बाँकी छ । उक्त रकम सरकारले व्यहोर्नुपर्नेमा हालसम्म नदिएको भन्दै बीमकले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको हो। संघका तर्फबाट महासचिव अशोकुमार खड्काले परमादेशसहितको रिट निवेदन दर्ता गरेका हुन्।

Esewa
Crest

सर्वोच्च अदालतले यो मुद्दा पेसी भोलि भदौ २४ गते बिहान १० बजे तोकेको छ। भोलि अदालतमा उपस्थित हुन भनिएको छ।

त्यतिबेला निर्जीवन बीमकमा कम्पनीहरुले सरकारकै प्रतिबद्धतामा कोरोना बीमा गरेका थिए। कम्पनीहरुसँग साढे ३ अर्ब रुपैयाँभन्दा बढी दायित्व सिर्जना भएमा सरकारले व्यहोर्ने प्रतिबद्धता गरेको थियो। तर, अहिलेसम्म सरकारको व्यहोर्नुपर्ने कोरोना बीमाको दायित्व नपाएपछि बीमा कम्पनीहरु सर्वोच्च अदालत गएका हुन्। पायोनियर ल फर्मको कानुनी सहायतामा बीमक संघले सर्वोच्चमा रिट दाय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS