IME Life New

टिकटकमा लगाइएको प्रतिबन्ध हट्यो, खुला गर्न इन्टरनेट सेवाप्रदायकलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटेको छ। योसँगै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरुलाई टिकटक खुला गर्न निर्देशन दिएको छ।

गत भदौ ६ गतेको मन्त्रिपरिषदको बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। त्यसपछि सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार प्राधिकरणलाई टिकटक खुलाउन आवश्यक सहजी गर्न निर्देशन दिएको थियो। मन्त्रालय निर्देशनपछि प्राधिकरणले आज एक परिपत्र जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो।

Esewa
Crest

अर्को निर्णय नहुँदासम्म टिकटकमा लगाइएको रोक हटाउन प्राधिकरणले निर्देशन दिएको छ।

सामाजिक सद्भाव खल्बलिएको भन्दै तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS