IME Life New

ग्राहकसँग लिने इन्टरनेट सेवाशुल्क अनिवार्य स्वीकृत गराउन दूरसञ्चार प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई ग्राहकसँग लिने शुल्क वा महसुलदर अनिवार्य स्वीकृत गराउन निर्देशन दिएको छ।

प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको सर्तबमोजिम दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क वा महसुलदर प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गराउनुपर्ने निर्देशन दिएको हो। हाल कतिपय इन्टरनेट (इमेल सहित) सेवा प्रदायकहरुले सेवाको शुल्क÷महसुलदर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेवसाइटमा सूचना प्रकाशन गरी लागू गरेको अवस्था देखिएकोले प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

Esewa
Crest

प्राधिकरणबाट स्वीकृत भएको मितिसमेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरेपछि इन्टरनेट सेवाको महसुलदर लागू गर्न पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS