IME Life New

इन्स्टाग्राममा आयो नयाँ फिचर, अब स्टोरीमा कमेन्ट गर्न सकिने, कसरी गर्छ काम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्टाग्राम विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालमध्ये एउटा हो। यसमा सक्रिय प्रयोगकर्ताको संख्या करोडौँमा छ।

इन्स्टाग्राम रिलहरु धेरै क्षेत्रहरुमा धेरै लोकप्रिय छन्। विशेषगरी जहाँ टिकटककको अवस्थित छैन वा प्रतिबन्धित छ। कम्पनीले प्रयोगकर्ता अनुभव सुधार गर्न निरन्तर काम गरिरहेको छ।

Esewa
Crest

यसै क्रममा सोसल मिडिया एपले नयाँ फिचर थपेको छ । अब प्रयोगकर्ताले इस्टाग्राम स्टोरीहरुमा कमेन्ट गर्न सक्नेछन्। अहिलेसम्म स्टोरीहरुको रिप्लाई दिने अप्सन थियो, जुन भविष्यमा पनि उपलब्ध हुनेछ।

यदि प्रयोगकर्ताले कसैको स्टोरीको रिप्लाई दिन्थे भने त्यो प्राइभेट हुन्थ्यो र सीधै प्रयोगकर्ताकोमा जान्थ्यो। अब कमेन्टहरु पब्लिक हुनेछन्। पछिल्लो समय मानिसहरुले इन्स्टाग्राम स्टोरिजको प्रयोग बढाएका छन्, जसका कारण कम्पनीले यो फिचर थपेको छ । यसले देखाउँछ कि इन्स्टाग्राम प्रयोगकर्ता संलग्नता बढाउन काम गरिरहेको छ।

पहिले स्टोरीहरुमा कमेन्टहरु डीएममा उपलब्ध थिए तर अब इन्स्टाग्रामले स्टोरीहरुमा कमेन्ट गर्ने नयाँ फिचर थपेको छ। जसरी स्टोरी २४ घन्टा देखिने हुन्छ, त्यसैगरी स्टोरीमा गरिएका कमेन्ट पनि २४ घन्टा मात्रै देखिनेछन् । यो फिचर रोल आउट गरिएको छ र चाँडै सबै प्रयोगकर्ताले यो अपडेट पाउनेछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS