IME Life New

यसपालि दसैँमा बैंकहरुबाट सफा र सुकिला नोट सटहीको व्यवस्था, कहिलेबाट पाइन्छ साट्न ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि दसैँका लागि नयाँ नोटको सहटी व्यवस्था नगर्ने भएको छ। यसपालि दसैँका लागि केन्द्रीय बैंकले सफा र सुकिला नोटमात्रै सटहीको व्यवस्था गर्ने भएको छ।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलका अनुसार यसपालि दसैँमा सफा र सुकिला नोटमात्रै सटहीको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए। ‘यसपालि दसैँमा नयाँ नोटको सहटी व्यवस्था हुने छैन, सटही गर्न आउनेलाई सफा र सुकिला नोट वितरण गरिनेछ’, उनले भने।

Esewa
Crest

यसपालि पनि विगतका वर्षमा झैँ प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका १–१ बन्डल (१०० वटा नोट) गरी १८ हजार ५०० रुपैयाँ सटहीको व्यवस्था गरिने पनि सहप्रवक्ता पोखरेलले जानकारी दिए। ‘नोट सहटीको व्यवस्था भने घटस्थापनाको आसपासबाट सुरु हुनेछ’, उनले भने। यसपालि दसैँको घटस्थापना असोज १७ गते परेको छ।

त्यसो अहिले डिजिटल माध्यमबाट भुक्तानीको प्रचलन बढ्दै गएकोले राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्दै आएको छ। नगद कारोबारलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले बैंकहरुलाई डिजिटल माध्यमको प्रयोगलाई बढावा दिन निर्देशन पनि दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS