IME Life New

बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वित्तीय कर्मचारी मञ्चले बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेको छ।

मञ्चले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। ‘केही अराजक तत्वका कारण प्रचलित ऐन, नियम, कानुनबमोजिम स्थापित संस्थाहरुले कानुनबमोजिम सहज रुपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा हामी खेद प्रकट गर्दछौँ’, मञ्चले भनेको छ, ‘नेपाल सरकारका सम्बन्धित निकायहरु, खास गरी नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा गृह मन्त्रालयसँग नेपाल लघुवित्त बैंकर्स संघको प्रतिनिधिमण्डलको भेटघाट पश्चात प्राप्त सकारात्मक आश्वासन प्रतिविश्वस्त रही यस्ता अराजक गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्न तथा अत्यावश्यक सेवाअन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन स्थानीय प्रशासन लगायत सम्वन्धित सबै निकायहरुबाट आवश्यक सहयोग र सुरक्षाको प्रत्याभूतिका लागि हार्दिक अनुरोध गर्दछौं।’

Esewa
Crest

लघुवित्त क्षेत्रलाई अझ व्यवस्थित गर्नका लागि नेपाल सरकारवाट गठित कार्यदलमा लघुवित्तविरुद्धको संघर्ष समितिका तर्फबाट समेत प्राप्त सुझाव अनुसार नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक कदमहरु चालिरहेको वर्तमान स्थितिमा पनि कथित लघुवित्तविरुद्ध संघर्ष समितिको नामबाट पुनः भदौ ११ गतेका दिन तथा त्यस पछिका दिनहरुमा विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेका ९ वटा लघुवित्त वित्तीय संस्थाका १७ वटा शाखा कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लगेर नष्ट गर्नेजस्ता अराजक गतिविधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलतातर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पुरÞ्याउनेजस्ता क्रियाकलापबाट लघुवित्त क्षेत्रमा पुनः ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको मञ्चले जनाएको छ। ‘विगत केही समयदेखि केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुर्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको छ। पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनीलगायतका निन्दनीय कार्य भएको छ ।’

मञ्चले बैंक तथा वित्तीय संस्थामा आवद्ध कर्मचारीलाई विचलित नभई निरन्तर आफ्नो कर्तव्यमा उच्च मनोबलका साथ आ–आफ्नो कार्यमा लागिपर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS