IME Life New

लघुवित्त क्षेत्रमाथिको आक्रमणले समग्र वित्तीय प्रणालीमा नै असर पर्न सक्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले पछिल्लो समय लघुवित्त क्षेत्रमाथि भइरहेको आक्रमणले समग्र वित्तीय प्रणालीमा असर पुग्न सक्ने चेतावनी दिएका छन्।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘लघुवित्त क्षेत्रलाई अझ व्यवस्थित गर्नका लागि नेपाल सरकारवाट गठित कार्यदलमा लघुवित्तविरुद्धको संघर्ष समितिका तर्फबाट समेत प्राप्त सुझावअनुसार नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक कदमहरु चालिरहेको वर्तमान स्थितिमा पनि कथित लघुवित्तविरुद्ध संघर्ष समितिको नामबाट पुनः भदौ ११ गतेका दिन तथा त्यसपछिका दिनहरुमा विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेका ९ वटा लघुवित्त वित्तीय संस्थाका १७ वटा शाखा कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लगेर नष्ट गर्नेजस्ता अराजक गतिविधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पुरÞ्याउनेजस्ता क्रियाकलापबाट लघुवित्त क्षेत्रमा पुनः ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुन सक्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसले समग्र बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको छ।’

Esewa
Crest

प्रचलित ऐन, नियम, कानुनबमोजिम स्थापित संस्थाहरुले कानुनबमोजिम सहज रुपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा विज्ञप्तिमा खेद प्रकट गरिएको छ। ‘नेपाल सरकारका सम्बन्धित निकायहरु, खास गरी नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा गृह मन्त्रालयसँग नेपाल लघुवित्त बैंकर्स संघको प्रतिनिधिमण्डलको भेटघाटपश्चात प्राप्त सकारात्मक आश्वासनप्रति विश्वस्त रही यस्ता अराजक गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याई कानुनबमोजिम कारबाही गरिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक सेवाअन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन स्थानीय प्रशासन लगायत सम्वन्धित सबै निकायहरुबाट आवश्यक सहयोग र सुरक्षाको प्रत्याभूतिको लागि हार्दिक अनुरोध गर्दछौं। साथै, बैंक तथा वित्तीय संस्थामा आबद्ध कर्मचारीहरु बिचलित नभई निरन्तर आफ्नो कर्तव्यमा उच्च मनोबलका साथ आ–आफ्नो कार्यमा लागि पर्न हार्दिक अनुरोध गर्दछौँ।’

ग्राहक र बैंक तथा वित्तीय संस्थाबीचमा सुमधुर सम्बन्ध कायम गर्न दृढ रही, ग्राहकको हित संरक्षणलाई सदैव मुख्य प्राथमिकतामा राखी, यस्ता किसिमका घटनाहरुवाट कत्ति पनि विचलित नभई आगामी दिनमा निरन्तर रुपमा ग्राहकलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न आफूहरु पूर्ण रुपमा प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS