IME Life New

साउनमा निर्जीवन बीमकको सम्पत्ति बीमाको सर्वाधिक व्यापार, अन्य क्षेत्रमा कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरुले सवा ४ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले साउनमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन्। निर्जीवन बीमकहरुको सबैभन्दा धेरै व्यापारको क्षेत्र सम्पत्ति बीमामा देखिएको छ। यो क्षेत्रबाट कम्पनीहरुले साउनमा १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारको ३३.१२ प्रतिशत हिस्सा सम्पत्ति बीमामा देखिएको छ।

Esewa
Crest

दोस्रो ठूलो व्यापार क्षेत्र मोटर बीमा देखिएको छ। मोटर बीमाबाट कम्पनीहरुले साउनमा १ अर्ब २२ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा मोटर बीमामा २८.३८ प्रतिशत हिस्सा देखिएको छ।

तेस्रो विविध रहेको छ। साउनमा विविध बीमाबाट कम्पनीहरु ५५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। विविध बीमाको हिस्सा कुल व्यापारमा १२.९१ प्रतिशत देखिएको छ।

यसैगरी साउनमा कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्काबाट ५० करोड २८ लाख रुपैयाँ, सामुद्रिकबाट २९ करोड ४४ लाख रुपैयाँ, पशुपन्छी तथा कृषिबाट २० करोड ११ लाख रुपैयाँ, लघुबाट ५ करोड ३१ लाख रुपैयाँ र हवाईबाट ५ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा इन्जिनियरिङको ११.६६ प्रतिशत, सामुद्रिकको ६.८३ प्रतिशत, पशुपन्छी तथा कृषिको ४.६७ प्रतिशत, लघुको १.२३ प्रतिशत र हवाईको १.२० प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS