IME Life New

बागमतीमा झन्डै ३ अर्बको व्यापार गरेका निर्जीवन बीमकको अन्य प्रदेशमा कति ? (बजार हिस्सासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरुले सवा ४ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले साउनमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन्। निर्जीवन बीमकहरुको सबैभन्दा ठूलो बजार बागमती प्रदेशमा देखिएको छ। यो प्रदेशमा निर्जीवन बीमकहरुले २ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो साउनको कुल व्यापारको ६९.२१ प्रतिशत हिस्सा हो।

Esewa
Crest

यसैगरी निर्जीवन बीमकहरुको दोस्रो बजारका रुपमा लुम्बिनी प्रदेश रहेको छ। लुम्बिनीबाट निर्जीवन बीमकहरुले ३५ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन साउनको कुल व्यापारको ८.१४ प्रतिशत हिस्सा हो।

यसैगरी साउनमा कोशी प्रदेशबाट निर्जीवन बीमकहरुले ३३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यापारको ७.८२ प्रतिशत हिस्सा हो।

साउनमा प्रदेशगत हिसाबले निर्जीवन बीमकहरुले मधेशबाट ३० करोड ३० लाख रुपैयाँ, गण्डकीबाट २३ करोड ३८ लाख रुपैयाँ, सुदूरपश्चिमबाट ७ करोड ३७ लाख रुपैयाँ र कर्णालीबाट २ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा मधेशमा ७.०३ प्रतिशत, गण्डकीमा ५.४२ प्रतिशत, सुदूरपश्चिममा १.७१ प्रतिशत र कर्णालीमा ०.६७ प्रतिशत हिस्सा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS