IME Life

पहिलो महिनामै निर्जीवन बीमकको कुल व्यापार सवा ४ अर्ब बढी, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१/ ८२ को साउन महिनामा ४ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले एक महिनामा २ लाख २१ हजार ७१ वटा बीमा पोलिसी विक्री गरी ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क संलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरको छ । कम्पनीले यस अवधिमा ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १४ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १० दशमलव ६४ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ८ दशलमव ६६ प्रतिशत हिस्सा ओगटेको छ ।

SKYWELL
Crest

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३२ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ७ दशलमव ६५ प्रतिशत हिस्सा ओगटेको छ । नेको इन्स्योरेन्स कम्पनीले ३१ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ७ दशलमव ४८ प्रतिशत हिस्सा ओगटेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३० करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ७ दशमलव १९ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी ओरिएण्टल इन्स्योरेन्सले २९ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ६ दशलमव ८३ प्रतिशत हिस्सा ओगटेको छ । नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ६ दशलमव ७७ प्रतिशत हिस्सा ओगटेको छ । राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ५ दशलमव ५८ प्रतिशत हिस्सा ओगटेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ५ दशलमव ९७ प्रतिशत हिस्सा ओगटेको छ ।

यता, एनएलजी इन्स्योरेन्स कम्पनीले २४ करोड ९८लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ५ दशमलव ८६ प्रतिशत हिस्सा ओगटेको छ । नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ५ दशमलव ३४ प्रतिशत हिस्सा ओगटेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १८ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ४ दशलमव ३२ प्रतिशत हिस्सा ओगटेको छ । प्रभु इन्स्योरेन्सले १० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको २ दशमलव ४७ प्रतिशत हिस्सा ओगटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS