IME Life New

माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा १०% सम्म क्यासब्याक पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले मेगा मार्ट प्रालि (बिग मार्ट प्रालि) मा कारोबार गर्दा क्यासब्याक सुविधा पाउने भएका छन् । डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतापश्चात देश भरि रहेका बिग मार्टका आउटलेटहरुबाट कम्पनीका ग्राहकहरुले विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउनेछन् ।

यसैबीच कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै हरेक सोमबार बैंकको डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्मको क्यासब्याक प्रदान गर्ने बताएको छ ।

Esewa
Crest

कम्पनीले देशभर रहेका ३०० भन्दा बढि विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छूट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संघ संस्थालाई व्यापार प्रवर्द्धनमा सघाउ पुग्दै पुग्ने विश्वास लिएको कम्पनीले बताएको छ ।

कम्पनीले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ सेवा, २०० एटीएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS