GBIME
IME Life

बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, सीडी ७९% को लाइनमा उक्लियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ११ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा दुवै बढेको छ। अघिल्लो दिनको तुलनामा भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

SKYWELL
Crest

यसैगरी भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ८३ अर्ब रुपैयाँ थियो।

भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो बढेर ७९.०४ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.९९ प्रतिशत थियो।

बैंकहरुको अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS