IME Life New

बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, सीडी ७९% को लाइनमा उक्लियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ११ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा दुवै बढेको छ। अघिल्लो दिनको तुलनामा भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

Esewa
Crest

यसैगरी भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ८३ अर्ब रुपैयाँ थियो।

भदौ ११ मा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो बढेर ७९.०४ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.९९ प्रतिशत थियो।

बैंकहरुको अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS