IME Life New

नेरुडे मिर्मिरे लघुवित्तद्वारा १० लाख २० रुपैयाँ बीमा दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चौरजहारी शाखाले भदौ ११ गते मंगलबार १० लाख २० हजार रुपैयाँको बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय चौरजहारीले केन्द्र न. ६० सितल नेरूडे मिर्मिरे समूहका सदस्य भुम बहादुर के.सी.को निधन पछि कर्जाको जीवन बीमा अन्तर्गत उक्त रकम भुक्तानी गरेको हो ।

मृतकको श्रीमती लक्ष्मी के.सी.लाई बीमाङ्क तथा क्रिया खर्च बापत १० लाख २० हजारको चेक हस्तान्तरण गरिएको हो । उक्त चेक चौरजहारी नगरपालिकाकी उपमेयर ईश्वरी कुमारी शर्माद्वारा हस्तान्तरण गरेको हो ।

Esewa
Crest

हस्तान्तरणको कार्यक्रममा चौरजहारी वडा नं. ४ का वडा अध्यक्ष गोपाल भण्डारी, नेरुडे मिर्मिरे लघुवित्त श्रीनगर क्लष्टर प्रमुख तेज बहादुर खत्री, शाखा प्रमुख विनोद कुमार श्रेष्ठ, शाखाका कर्मचारीहरु यसुदा बुढा, कमला खड्का लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

बीमा दाबी भुक्तानी प्राप्त गरेपछि श्रीमती लक्ष्मी के.सी.ले बीमा गरिएको कारणले कर्जाको भार परिवारमा नपरेको भन्दै संस्था तथा बीमा कम्पनीप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS