IME Life New

आवासीय व्यक्तिगत घर कर्जाः बैंकबाट रु. ३.१६ खर्ब प्रवाह, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नै घर होस् भन्ने सपना धेरैले देखेका हुन्छन्। तर, सबैको सपना पूरा हुँदैनन्। अथक मेहनत गर्दा पनि आफ्नै घरको सपना पूरा केही वर्षौं लाग्छ।

पछिल्लो समय बैंकहरुले आफ्नै घरको सपना पूरा गर्न केही हदसम्म सहयोग गरेको देखिन्छ। बैंकहरुले न्यून ब्याज र सरल किस्ताबन्दीमा घर कर्जा उपलब्ध गराइरहेका छन्।

Esewa
Crest

गत आर्थिक वर्ष २०८०।८० मा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुबाट ३ खर्ब १६ अर्ब ८ करोड ९० लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह गरेका छन्। तीमध्ये ५ वटा बैंकहरुबाट मात्रै १ खर्ब ६६ अर्ब १७ करोड ७८ लाख रुपैयाँ यस्तो कर्जा भएको छ। जुन गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुबाट गएको आवासीय व्यक्तिगत घर कर्जाको ५० प्रतिशतभन्दा बढी हो।

समीक्षा वर्षमा एनआईसी एसिया बैंकबाट सर्वाधिक ५९ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा गएको छ। दोस्रोमा ग्लोबल आइएमई बैंकबाट ३३ अर्ब ३६ लाख रुपैयाँ र तेस्रोमा नबिलबाट २५ अर्ब ८६ करोड १७ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ।

यसैगरी चौथो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यो एक वर्षको अवधिमा राष्ट्रिय वाणिज्य बैंकबाट २४ अर्ब ९२ करोड ४९ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ।

पाँचौँमा एभरेष्ट बैंक रहेको छ। यो बैंकबाट समीक्षा वर्षमा २२ अर्ब ९१ करोड ८२ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा गएको छ।

नेपाल राष्ट्र बैंकले बैंकहरुबाट अधिकतम २ करोड रुपैयाँसम्म आवासीय व्यक्तिगत घर कर्जा प्रवाह गर्न पाउने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS