IME Life New

बैंकहरुप्रति लचक बन्यो राष्ट्र बैंक, काउन्टर साइक्लिक बफर ०% कायम, कर्जा प्रवाह क्षमता बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले टाइट पुँजी कोष अनुपातले सकसमा परेका वाणिज्य बैंकहरुको कर्जा प्रवाह क्षमता बढाउने गरी नीति ल्याएको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै वाणिज्य बैंकहरुका लागि काउन्टर साइक्लिक बफर चालु आर्थिक वर्ष २०८१।८२ का लागि शून्यमा झार्नसक्ने सुविधा उपलब्ध गराएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कायम गरिएको व्यवस्था राष्ट्र बैंकले निर्देशनमार्फत कार्यान्वयनमा ल्याएको हो।

Esewa
Crest

क्यापिटल एडेक्वेसी फ्रेमवर्क २०१५ अनुसार २०८०।८१ को अन्त्यसम्ममा काउन्टर साइक्लिक बफरका रुपमा वाणिज्य बैंकहरुले ०.५ प्रतिशत थप पुँजी कायम गर्नुपर्ने व्यवस्था थियो । यसले बैंकहरुलाई पुँजी कोष अनुपात कायम गर्न सकस परेको थियो।

यसैगरी केन्द्रीय बैंकले २०८४ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नुपर्ने व्यवस्था पनि संशोधित निर्देशनमार्फत ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS