IME Life New

निर्जीवन बीमकले कर्मचारीको तलबभत्तामा खर्चे साढे ५ अर्ब, कसले कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।८१ मा कर्मचारीका लागि साढे ५ अर्ब रुपैयाँ बढी खर्च गरेका छन्।

निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको आफ्नो वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कर्मचारीको तलब र भत्तामा ५ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा जीवन बीमकहरुले कर्मचारीहरुका लागि ४ अर्ब १३ करोड १२ लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कर्मचारीका लागि गरिएको खर्च ३३.८० प्रतिशतले बढेको छ।

Esewa
Crest

हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये कर्मचारीका लागि सबैभन्दा धेरै खर्च गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले समीक्षा वर्षमा ६६ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ। यो खर्च अघिल्लो वर्षको तुलनामा ७०.६१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३९ करोड १६ लाख रुपैयाँ खर्च गरेको थियो।

कर्मचारीका लागि दोस्रो धेरै खर्च गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले तलब र भत्तामा ६१ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष ३९ करोड ७७ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनाम समीक्षा वर्षमा कम्पनीले कर्मचारीका लागि गरेको खर्च ५५.४२ प्रतिशतले बढेको छ।

तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले कर्मचारीको तलब र भत्तामा ५६ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यस्तो खर्च ५१ करोड ६० लाख रुपैयाँ रहेको थियो। समीक्षा वर्षमा खर्च ९.८२ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कर्मचारीको तलब र भत्तामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४८ करोड १९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ४६ करोड ६० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४३ करोड ७५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ४३ करोड ६७ लाख रुपैयाँ, सानिमा इन्स्योरेन्सले ३५ करोड ९७ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ३५ करोड ४६ लाख रुपैयाँ खर्च गरेका छन्।

यसैगरी समीक्षा वर्षमा एनएलजी इन्स्योरेन्सले २८ करोड ७२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २६ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २३ करोड ५७ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १० करोड ६५ लाख रुपैयाँ कर्मचारीको तलब र भत्तामा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS