IME Life New

निर्माण व्यवसायीको कर्जा भुक्तानी अवधि कहिलेसम्म थपिएको छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीको कर्जा भुक्तानी अवधि थप गरेको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज फेरि एउटा सूचना जारी गर्दै यसबारे अवगत गराएको हो। निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायीसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजलाई २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तीय संस्थाले समयावधि थप गर्नुपर्ने व्यवस्था गरिएको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न तथा कुनै किसिमको पेनाल ब्याज, शुल्क, हर्जाना वा ब्याजको ब्याज लिन पाउँदैनन्। तर, यो थप अवधिभित्र कर्जाको साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले पूर्वनिर्धारित सर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज भने लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS